राजनीति

रास्वपाबाट सांसद सुमना श्रेष्ठको राजीनामा : “पार्टी देशभन्दा माथि, नेता पार्टीभन्दा माथि—स्वीकार्य छैन”

रास्वपाबाट सांसद सुमना श्रेष्ठको राजीनामा : “पार्टी देशभन्दा माथि, नेता पार्टीभन्दा माथि—स्वीकार्य छैन”
  • PublishedSeptember 14, 2025

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सहमहामन्त्री तथा प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गर्दै पार्टीभित्र गल्ति स्विकार नगर्ने प्रवृत्ति, आलोचकहरूमाथि मिडिया ट्रायल गर्ने संस्कृति र नेतामुखी सोचले आफूलाई अस्वीकार्य भएको प्रष्ट पारिन्।

“कहिल्यै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने अवस्था भयो। पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल हुने अवस्था सिर्जना भयो,

उनले थपिन्, “जहिलेदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ। तर त्यसले फरक पारेन, बरु उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्विकार्य छैन। त्यसैले ‘QUIT’—मैले पार्टी छोडेँ।”

श्रेष्ठले अन्य दलका तेस्रो पुस्ताका नेताहरूलाई पनि आत्ममन्थन गर्न आग्रह गर्दै भनिन्, “आजको परिस्थिति आउनुमा तपाईहरूको नेतृत्वको बहेरो जिम्मेवार छ। अब नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्—कि हटाउनुहोस्, कि हट्नुहोस्।”

श्रेष्ठको राजीनामापछि रास्वपाभित्र फेरि एकपटक आन्तरिक असन्तुष्टि सतहमा आएको छ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *