अब सम्पुर्ण समय ‘जवाफ’ को हो ।
नेकपाका प्रभावशाली युवा नेता सुमनसिंह सीले एक फोटो मार्फत संदेश सार्वजानिक गरेका छन । उनले आफ्नो सामाजिक संजालमा उक्त फोटो राखेर यस्तो लेखेका छन – “अहिलेलाई प्रश्नको समय समाप्त भयो | अब सम्पुर्ण समय ‘जवाफ’ को हो । ‘जवाफ’ दिन सक्नेहरुले नै मैदानको नेतृत्व गर्नेछन ।
ईतिहासको पैया रोक्दा ओलि अहंकारको पतन भएको हामी सबैले देखेकै छौँ । ” उनले left gen z को नाममा gen z पुस्तालाई संसारको मुक्ती नै हाम्रो लक्ष भन्ने स्लोगन सहित left gen z पुस्तालाई अब अग्रसर हुन र गंभिर बिमर्शमा जुट्न अपिल गरेका छन । उनले फोटोमा ‘आजको समयमा ट्रान्जिस्टर जस्तो बन्न सक्ने मानिसले नै वर्तमान समयलाई नेतृत्व दिन सक्ने’ समेत उल्लेख गरेका छन । बिप्लव नेतृत्वको नेकपा झापाका इन्चार्ज समेत रहेका सुमनसिंह युवा माझ सकृय रहेका पात्र हुन ।
सामाजिक संजालमा यो देश बिदेशी षड्यन्त्रको कोपभाजनमा परेको बताउंदै बिप्लव जस्ता नेतालाई देशको नेतृत्व दिन ढिला गर्न नहुने बताउंदै आएका छन । उनी रास्ट्र, अन्तरास्ट्रिय राजनितिको मसिनो विश्लेषण गर्ने ब्यक्तिको रुपमा पनि परिचित छन ।
