राजनीति

प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी

  • PublishedJuly 30, 2025

प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी

१४ श्रावण ,बुधबार

facebook sharing button
linkedin sharing button
sharethis sharing button
प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी
facebook sharing button
linkedin sharing button
  • सिन्धुलीका युवराज पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध मानव तस्करीको आरोप लगाउँदै उजुरी दिएका छन्।
  • पौडेलले प्रधानमन्त्री, गृहमन्त्री र पूर्व गृहमन्त्रीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन्।
  • काठमाडौं प्रहरीले उजुरी दर्ता नहुने जनाएको छ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ‍’सफल’ ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् । 

पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको उजुरीमा जनाएका छन् ।

साथै उनले प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक तथा पूर्वगृहमन्त्रीसहितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । 

पौडेलले प्रधानमन्त्री ओली तथा गृहमन्त्री रमेश लेखकसहित उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामवदेव गौतम, कृष्ण सिटौला, भीम रावल,विजयकुमार गच्छदार,शक्तिबहादुर बस्नेत,विमलेन्द्र निधी,बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धान गर्न माग गरेका छन् । 

यसअघि पौडेलले प्रधानमन्त्री ओलीसहितमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए । काठमाडौँ प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले उजुरी आएपनि आधिकारिक दर्ता हुन नसक्ने बताए ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *