अर्थ राजनीति

विप्लवले गरे चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव

  • PublishedJuly 29, 2025

विप्लवले गरे चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव

sharethis sharing button
विप्लवले गरे चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव

मङ्गलबार, १३ साउन २०८२

मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकमा मोर्चाका संयोजक समेत रहेका विप्लवले यस्तो प्रस्ताव गरेका हुन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले तत्काल मोर्चा विघटन गर्दा राम्रो सन्देश नजाने भन्दै विप्लवको प्रस्ताव अहिले नै कार्यान्वयन गर्नु उपयुक्त नहुने धारणा राखेका थिए ।

‘विप्लवजीले मोर्चामा समय दिने कुरामा पनि नेताहरुमा समस्या देखियो र हामीले भनेजसरी गतिविधि गर्ने कुरामा पनि समस्या नै भयो’, बैठकमा विप्लवको भनाइ उद्धृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘यसले गर्दा यो मोर्चा अहिले स्थगित गर्दिउँ ।

नेता विप्लवले बरु अलि चल्नेगरी दुई-चार महिना वर्कआउट गरेर पुन: सुचारु गरौं भन्ने प्रस्तावमा अरु नेताहरुले असहमति जनाएका थिए ।

‘तर अरु नेताहरुले कमजोरी हटाउने र उहाँलाई नै अध्यक्ष राख्ने भनेपछि त्यसैमा सहमति भयो’, स्रोतले भन्यो, ‘स्थगित पनि नगरौं र तपाईंले संयोजक पनि नछोड्नु भनेपछि उहाँ सहमति हुनुभयो ।’

बैठकमा मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष पनि निकालेको छ ।

‘यस बीचमा भए गरेका काममा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन्,’ विश्वकर्माले बैठकपछि भने, ‘जुन ढंगले गति लिनुपर्थ्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त काममा केही सीमा रहे’, उनले भने, ‘जसकारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । अब निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौं ।

‘मोर्चाको कार्यक्रमिक प्रस्ताव परिमार्जनसहित पारित भएको छ भने विचार मिल्नेहरुलाई मोर्चामा आवद्ध गराउने निर्णय भएको छ’, हमालले रातोपाटीसँग भने ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *