जीवनशैली

पूर्व लागूऔषध प्रयोगकर्ताको नेतृत्वमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

पूर्व लागूऔषध प्रयोगकर्ताको नेतृत्वमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
  • PublishedJune 26, 2025

२६ जुन २०२५ – अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवस

२६ जुन, अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवस (International Day Against Drug Abuse and Illicit Trafficking) को अवसरमा महारानीगञ्ज माध्यमिक विद्यालय, महारानीगञ्ज मा विशेष जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको मूल उद्देश्य लागू औषधको दुरुपयोगबारे युवाहरूलाई चेतना दिनु र सुधारको बाटो रोजिसकेका पूर्व प्रयोगकर्ताहरूलाई प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गर्नु थियो । सबैभन्दा प्रेरणादायी पक्ष भनेको कार्यक्रमको नेतृत्व स्वयम् सुधारको बाटो रोजेका युवाहरूले गरेका थिए | कार्यक्रममा पूर्व लागू औषध प्रयोगकर्ता तथा सामाजिक अभियन्ता अनिश भारती, सोनम राई र प्रेरणादायी वक्ता सुमनसिंह पौडेल को प्रभावशाली प्रस्तुति रह्यो । कार्यक्रमको गरिमामय उपस्थिति स्वरूप अर्जुनधारा प्रहरी कार्यालयका प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रधानाध्यापक मनबहादुर लिम्बुले लागू औषधको दलदलमा परेर गुजारेका कठिन जीवन अनुभव बाँड्दै युवाहरूलाई सुधारको बाटो अपनाउन आह्वान गर्नुभयो । उहाँले जोड दिनुभयो – “हामीले गल्ती गरे पनि त्यसलाई सुधारेर समाजप्रति जिम्मेवार बन्न सकिन्छ। लागू औषधबाट टाढा रहेर जीवनको नयाँ अध्याय सुरु गर्नु नै साँचो विजय हो ।”

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *