खेलकुद

कन्काई तेक्वान्दोमा डेल्टाको चमक

कन्काई तेक्वान्दोमा डेल्टाको चमक
  • PublishedJune 15, 2025

सुरुङ्गा, झापा — कन्काई तेक्वान्दो डोजाङको आयोजनामा जेठ ३१ गते सम्पन्न प्रथम कन्काई जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८२ मा डेल्टा तेक्वान्दो एकेडेमीले प्रभावशाली सफलता हात पारेको छ ।

सुरुङ्गा वाणिज्य संघको भवनमा सम्पन्न प्रतियोगितामा १२ वटा डोजाङका २३७ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । तीव्र प्रतिस्पर्धाबीच डेल्टा तर्फबाट पुम्से र ग्यारेगी दुवै विधामा सहभागी खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गरे ।

साजन विश्वकर्माले पुम्से विधामा प्रथम स्थान

इतुसा नेम्बाङले महिला ग्यारेगी ३६ केजीमा प्रथम स्थान

लिल्ली आङदाङबेले पुम्सेमा तेस्रो स्थान

याङमिन आङदाङबेले ग्यारेगी ३९ केजीमा तेस्रो स्थान

क्रिस्टिना तुम्बापोले ग्यारेगी ५१ केजीमा तेस्रो स्थान प्राप्त गरे ।

त्यसैगरी, उत्सव रिजाल, चाहना प्रधान, प्रेहिना ढकाल र अशिमा विष्टले पनि उत्कृष्ट प्रदर्शन गरे तापनि पदक नजिक पुगेर चुक्नुपर्‍यो ।

डेल्टा तेक्वान्दो एकेडेमीका प्रशिक्षक विवेक गिरीका अनुसार, “खेलाडीहरूले निरन्तर अभ्यास, अनुशासन र आत्मबलको उत्कृष्ट प्रदर्शन गरे। पदक नपाउने खेलाडीहरूको प्रयास पनि प्रशंसनीय छ, उनीहरू भविष्यका सम्भावनाशील तारा हुन् ।”

डोजाङको सफलता स्थानीय खेल विकासको सन्देश दिँदै तेक्वान्दो खेलप्रतिको रुचि र सम्भावना उजागर भएको छ ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *