जीवनशैली

फूल रोप्ने हातहरू : वातावरण दिवसमा पूर्व लागूऔषध प्रयोगकर्ताबाट हरियालीको सन्देश

फूल रोप्ने हातहरू : वातावरण दिवसमा पूर्व लागूऔषध प्रयोगकर्ताबाट हरियालीको सन्देश
  • PublishedJune 5, 2025

झापा, जेठ २२ — “कहिल्यै सोचेको थिइनँ — जस हातमा लत थियो, त्यही हातले आज फूल रोप्दैछ। तर परिवर्तन सम्भव छ, यदि मन सच्चिन्छ भने वातावरण पनि सफा हुन्छ,” वातावरण दिवसको अवसरमा श्री बाल ज्योति प्राथमिक विद्यालय परिसरमा वृक्षारोपण गर्दै पूर्व लागूऔषध प्रयोगकर्ता अनिष भारतीले भने। विश्व वातावरण दिवस २०८२ को अवसरमा आयोजित विशेष कार्यक्रममा अनिष भारतीले केवल फूलको बिरुवा मात्र रोपेन्, उनले जीवनको पुनर्जन्मको कथा पनि रोपे। उनी भन्छन्, “फूल रोप्दा म भोलिको लागि आशा रोप्छु। यो मेरो अतीतसँगको विदाई र भविष्यसँगको सम्झौता हो।”

कार्यक्रममा विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा बोल्दै विद्यालयकी प्रधानाध्यापक पूजा भारतीले भनिन्, “अनिषजस्तो व्यक्तिले दिएको सन्देशले हाम्रा विद्यार्थीहरूमा चेतना र जिम्मेवारीको भावना थप बलियो बनाउँछ ।”Recovering Group का अध्यक्ष सोननल राईले अनिषको यात्रालाई एउटा सामाजिक पुनर्स्थापनाको उत्कृष्ट उदाहरणको रूपमा व्याख्या गरे । अनिष भारती, जो विगतमा लागूऔषधको गहिरो दलदलमा फसेका थिए, अहिले ‘ड्रग्स अवेयरनेस’ अभियान, पुनर्स्थापनामूलक कार्यक्रम तथा युवासँग खुला संवादमा सक्रिय छन् । उनले भने, “नशा गरेर मैले आफैँलाई मारेको थिएँ, अब बिरुवा रोपेर नयाँ जीवनहरू जिउन सहयोग गरिरहेको छु ।” विद्यालय परिसरमा विभिन्न प्रकारका फूल र रुखका बिरुवाहरू रोपिँदा, केवल हरियालीको सन्देश फैलिएको थिएन—समाज, वातावरण र आत्मासँगको पुनः सम्बन्ध पनि रोपिएको थियो । अनिषले थपे, “यो माटोले मलाई फेरि एक मौका दियो। अब मेरो संकल्प छ — माटोलाई हरियाली फिर्ता दिने ।” कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले अनिष भारतीलाई धन्यवाद ज्ञापन गर्दै भने— “यो सानो तर अर्थपूर्ण कर्मले वातावरणमात्र होइन, मानिसको मन र समाजलाई पनि सफा गर्ने बाटो देखाउँछ ।”

(सम्पादन: जनप्रभा डिजिटल न्यूज डेस्क)


Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *