झापा: राजनीतिक अस्थिरतामाथि छलफल
झापा — देशको बढ्दो राजनीतिक संकट र समाधानमाथि केन्द्रित विद्यार्थी अन्तरक्रिया कार्यक्रम झापामा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि नेकपा (विप्लव) का केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमन सिंह सी थिए।
सञ्जय निरौला (नेवी संघ अध्यक्ष) र विनोद सी (अखिल समाजवादी सह–इन्चार्ज) को पनि उपस्थिति थियो।
विद्यार्थी नेताहरूले हालको राजनीतिक अवस्थाको आलोचना गरे।
उनीहरूले अस्थिरता, सत्ताकोलोभ र विचारहीनता संकटको मुख्य कारण भएको बताए।
राजनीति जनअपेक्षाबाट टाढिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरियो।
उनीहरूले विद्यार्थी आन्दोलनलाई अझ सशक्त र संगठित बनाउनुपर्नेमा जोड दिए।
सुमन सिंह सी ले स्पष्ट रूपमा धारणा राखे।
उनले भने, “राजनीति जनहितमा छैन, सत्तामुखी बनेको छ।”
उनका अनुसार संकटको समाधान विचार, संगठन र जनचेतनाबाट सम्भव छ।
विद्यार्थीलाई संघर्षशील, अनुशासित र दूरदृष्टिवान बन्न प्रेरित गरे।
संगठनबीच सहकार्य र विचार आदानप्रदान आवश्यक रहेको उल्लेख गरे।
सञ्जय निरौलाले पनि गहिरो चिन्ता व्यक्त गरे।
उनले भने, “शिक्षा व्यवसायीकरण र बेरोजगारीले विद्यार्थीहरू दिशाहीन बनिरहेका छन्।”
राजनीतिक उदासीनता पनि कारण भएको उनले बताए।
उनका अनुसार विद्यार्थी आन्दोलनलाई वैचारिक रूपमा सशक्त बनाउन आवश्यक छ।
विनोद सी ले झापाको ऐतिहासिक आन्दोलनको स्मरण गराए।
उनले भने, “झापा परिवर्तनको चेतनाको जन्मस्थल हो।”
आज पनि त्यो चेतनालाई पुनः जागृत गर्न विद्यार्थीको भूमिका महत्त्वपूर्ण छ।
नेताहरूले अन्तर्राष्ट्रिय राजनीति र शक्ति सन्तुलनबारे पनि बोले।
भारत–चीन–अमेरिकाको चासो र नेपालको संवेदनशीलता सम्बन्धी चर्चा गरियो।
यसको प्रभाव हालको नेपाली राजनीतिमा देखिएको विश्लेषण गरियो।
