जीवनशैली

न सन्तान, न सहारा — रोगसँग लडिरहेका खेम र सरिताको करुण कथा

न सन्तान, न सहारा — रोगसँग लडिरहेका खेम र सरिताको करुण कथा
  • PublishedMay 10, 2025

बिर्तामोड–९ मा बसोबास गर्दै आएका ५० वर्षीय खेम बहादुर दर्जि र ४३ वर्षीया सरिता दर्जिको जीवन आज हरेक संवेदनशील मनका लागि आँशुको कथा बनिरहेको छ । न बालबच्चा छन्, न अरू कुनै सहारा। एउटामात्रै जग्गा – त्यो पनि ओइलिन दुई कठ्ठा। त्यही टुक्रा जमिनमा उनीहरूको जीवनको हर खुशी गुमाउँदै छ । खेम बहादुर तीन वर्षदेखि किड्नी समस्याले ग्रस्त छन्। हप्तामा दुई पटक डायलाइसिस गर्नु पर्ने अवस्था छ। आर्थिक अवस्था नाजुक, तर पनि बाँच्न संघर्ष जारी। अर्कातर्फ, सरिता दर्जि आठ महिनादेखि पाठेघरको क्यान्सरले थला परेकी छन्। एउटै घर, एउटै छानोमुनि दुई गम्भीर बिरामी। एक अर्काको स्याहार–सुसारमै उनीहरू बाँच्ने भर परेको छ । सन्तान नभएका यी दम्पतीका लागि न त सरकारले हेरेको छ, न समाजले बुझ्न खोजेको छ । गरिबीले थिचेको, रोगले च्यापेको, र एक्लोपनले डुबाएको यस्तो जीवन देख्दा कुनै पनि संवेदनशील हृदय चिसो हुने गर्छ । यो जोडीका आँखा अझै जिन्दगीको उज्यालो खोजिरहेछन् — त्यसका लागि तपाईं हामी जस्ता हातहरू चाहिन्छन् । यसै सन्दर्भमा तपाईं हामी सबैमा हार्दिक अनुरोध गरिन्छ — कृपया इच्छाअनुसार आर्थिक, भौतिक वा नैतिक सहयोग गरेर यी दुःखी दम्पतीको जीवनमा आशाको उज्यालो फर्काउन मद्दत गरौं । तपाईंको सानो सहयोगले ठूलो आशा दिन सक्छ ।
तपाईंले चाहेजति सहयोग गर्न सक्ने क्युआर कोड यससँग संलग्न गरिएको छ । “जसको सहारा कोही छैन, तिनीहरूका लागि तपाईं हामी नै सहारा बन्न सक्छौं ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *