अन्तर्राष्ट्रिय

भारत – पाकिस्तान युद्धको सुरुवात – भारतको आक्रमणपछि तनाव चरम – पाकिस्तानको कडा प्रतिक्रिया

भारत – पाकिस्तान युद्धको सुरुवात – भारतको आक्रमणपछि तनाव चरम – पाकिस्तानको कडा प्रतिक्रिया
  • PublishedMay 7, 2025

नई दिल्ली / इस्लामाबाद, ७ मे २०२५ — दक्षिण एसियाली मुलुकहरू भारत र पाकिस्तानबीच पुनः एकपटक युद्धको परिस्थिति सिर्जना भएको छ । भारतले अचानक सैन्य कारबाही सुरू गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको छ । भारतीय सेनाले सीमा पार गर्दै पाकिस्तानी भूभागमा आक्रमण गरेपछि पाकिस्तानले त्यसको कडा प्रतिक्रिया जनाएको छ र अनिवार्य जवाफी कारबाही गर्न बाध्य भएको जनाएको छ ।

पहलगाम घटना : विवादको सुरु

भारतको जम्मु-कश्मीर राज्यको पहलगाम क्षेत्रमा केही दिनअघि भएको विस्फोटमा दर्जनौंको ज्यान गएपछि स्थिति झनै संवेदनशील बनेको थियो । भारतले उक्त विस्फोटका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गर्दै कडा कारबाहीको चेतावनी दिएको थियो । यता पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै स्वतन्त्र र निष्पक्ष छानबिनको माग राखेको थियो ।

भारतको सैन्य आक्रमण : युद्धको संकेत – स्थानीय समय अनुसार बिहान ५:४५ बजे भारतले नियन्त्रण रेखा (LoC) पार गर्दै पाकिस्तानको मुजफ्फराबाद, कोटली र रावलकोट क्षेत्रमा आक्रमण गरेको पुष्टि गरिएको छ। भारतीय सेनाले यो कदमलाई “प्रतिकारात्मक सैन्य कारबाही” भनेर व्याख्या गरेको छ, जुन ‘आतङ्कविरुद्धको सर्जिकल स्ट्राइक’ भन्दै प्रस्तुत गरिएको छ । भारतको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “देशको सुरक्षालाई लिएर हामी कुनै सम्झौता गर्दैनौं। पहलगामको निन्दनीय हमलाको जवाफस्वरूप यो कारबाही गरिएको हो ।” पाकिस्तानको प्रतिक्रिया : सार्वभौमिकतामाथि हमला : पाकिस्तान सरकारले भारतको आक्रमणलाई “खुला युद्ध घोषणा” भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ । पाकिस्तानका प्रधानमन्त्रीले आपतकालीन सुरक्षा बैठक बोलाउँदै जनाएका छन्, “भारतको यो आक्रमण पाकिस्तानको सार्वभौमिकतामाथि प्रत्यक्ष आक्रमण हो। हामी शान्ति चाहन्छौं, तर आत्मरक्षा हाम्रो अधिकार हो ।” पाकिस्तानी सेनाका प्रवक्ताले भारतीय आक्रमणको जवाफमा सीमा क्षेत्रमा व्यापक प्रतिकार सुरु भएको जानकारी दिएका छन् । “हाम्रा सुरक्षाबल उच्च सतर्कतामा छन्, कुनै पनि स्थिति सामना गर्न तयार छौं,” प्रवक्ताले भने । क्षेत्रीय र अन्तर्राष्ट्रिय चिन्ता भारत–पाकिस्तानबीच युद्धको सम्भावनाले दक्षिण एशिया मात्र होइन, सम्पूर्ण विश्वमा चिन्ता पैदा गरेको छ। दुबै देश परमाणु शक्ति सम्पन्न राष्ट्रहरू भएको कारण यस तनावले विश्व शान्तिमा खतरा पुर्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । संयुक्त राष्ट्रसंघ, चीन, अमेरिका लगायतका राष्ट्रहरूले दुवै पक्षलाई संयमता अपनाउन आह्वान गरेका छन् । संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेर्रेसले “शान्तिपूर्ण संवाद” मार्फत समाधान खोज्न सुझाव दिएका छन् । नागरिकको अवस्था : त्रास र भागदौड सीमावर्ती क्षेत्रका नागरिकहरूमा त्रास फैलिएको छ। धेरै मानिसहरू सुरक्षित स्थानतर्फ पलायन भइरहेका छन्। विद्यालय, बजार र सरकारी कार्यालयहरू बन्द गरिएको छ। पाकिस्तानको कब्जामा रहेको कश्मीर (PoK) र भारतीय जम्मु–कश्मीर दुबै क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको खबरहरू आएका छन् । भारत–पाकिस्तानबीचको यो पछिल्लो द्वन्द्वले विश्व समुदायलाई पुनः याद दिलाएको छ कि कश्मीरको समस्या अझै समाधान हुन बाँकी छ। सैन्य संघर्षले कुनै पनि पक्षलाई दीर्घकालीन लाभ पुर्याउँदैन। दुवै पक्षले शान्तिपूर्ण संवाद र कूटनीतिक समाधानको बाटो रोज्नु नै मानवता र स्थायित्वको पक्षमा हुनेछ |

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *