खेलकुद

१२ जिल्लाबीचको खेलकुद प्रतिस्पर्धामा अर्जुनधारा नगरपालिका प्रथम

१२ जिल्लाबीचको खेलकुद प्रतिस्पर्धामा अर्जुनधारा नगरपालिका प्रथम
  • PublishedMay 4, 2025

झापा, बैशाख २0 – झापामा आयोजित क्षेत्रीय खेलकुद प्रतियोगिता उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा १२ जिल्लाका करिब १०० खेलाडीहरूले भाग लिएका थिए । विभिन्न जिल्लाबाट आएका टिमहरूबीच प्रतिस्पर्धा निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो ।

प्रतियोगिताको समापन समारोहमा आयोजक समितिका संयोजकले प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत आपसी सम्बन्ध विस्तार गर्नु, खेलकुद क्षेत्रको विकास र प्रतिभा पहिचान गर्नु रहेको बताए ।

प्रतियोगितामा अर्जुनधारा नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्‍यो। उनले टिम समुहमा सशक्त उपस्थिति जनाउँदै समग्रमा उत्कृष्टता देखाए । सुनसरी जिल्ला दोस्रो स्थानमा रह्यो भने तेस्रो स्थान झापा जिल्लाले प्राप्त गर्‍यो ।

प्रतियोगितामा व्यक्तिगत प्रदर्शनका आधारमा पुरुषतर्फ उत्कृष्ट खेलाडी अर्जुनधारा नगरपालिकाका सन्जल श्रेष्ठ घोषित भए । उनले खेलकुदमा देखाएको उत्साह, कुशलता र प्रतिबद्धता सर्वश्रेष्ठ रहेको निर्णायकहरूले बताए । त्यस्तै, महिलातर्फ इलाम जिल्लाकी अमृता राईले उत्कृष्ट खेलाडीको उपाधि हात पारिन् । उनको शारीरिक क्षमता, रणनीतिक खेलशैली र अनुशासनले सबैको ध्यान तान्यो ।

विजेता खेलाडी तथा टिमहरूलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो। पुरस्कार वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलकर्मी, तथा अभिभावकहरूको समेत उल्लेख्य उपस्थिति थियो ।

समारोहमा बोल्दै प्रमुख अतिथिले भने, “यस्ता प्रतियोगिताले युवाहरूमा अनुशासन, आत्मविश्वास र राष्ट्रिय भावना विकास गराउँछ। खेलकुदलाई शिक्षा र स्वास्थ्यसँग जोडेर अगाडि बढाउनुपर्छ ।”

खेलकुदको माध्यमबाट सामाजिक समावेशिता, अनुशासन, सहकार्य र राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सकिने भन्दै आगामी दिनहरूमा अझ वृहत र व्यवस्थित प्रतियोगिता आयोजना गर्ने आयोजकको प्रतिबद्धता रहेको छ ।

प्रतियोगिताले नयाँ प्रतिभाहरूको पहिचानमात्र होइन, जिल्लाबिचको सम्बन्ध पनि प्रगाढ बनाएको छ। सहभागी सबै टोलीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।

– जनप्रभा संवाददाता,

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *