सवारी दुर्घटनाबाट परी १ जनाको मृत्यु ६ जना घाईते

बिहीबार कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापा तर्फ जादै गरेको मे १ च ३०४० नं.को स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु ६ जना घाईते भएका हुन् ।
स्कारपियोमा सवार जिल्ला झापा दमक नगरपालिका वडा नं. ३ बस्ने बर्ष ५५ को माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको हो ।
सवारी चालक जिल्ला झापा दमक नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३८ को देबेन्द्र तामाङ, ऐ. दमक नगरपालिका वडा नं. १० बस्ने बर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, ऐ. दमक नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को ज्ञानेन्द्र गौतम, ऐ. दमक नगरपालिका वडा नं. ६ बस्ने बर्ष ५४ को कमल श्रेष्ठ, ऐ. दमक नगरपालिका वडा नं. २ बस्ने बर्ष ३८ को नबिन खतिवडा र ऐ. गौरादह नगरपालिका वडा नं. १ बस्ने बर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको छ ।