जीवनशैली

“आज माता तीर्थऔंशी: आमाप्रति श्रद्धा र स्नेह व्यक्त गर्ने विशेष दिन”

“आज माता तीर्थऔंशी: आमाप्रति श्रद्धा र स्नेह व्यक्त गर्ने विशेष दिन”
  • PublishedApril 27, 2025

आज देशभर माता तीर्थऔंशी, अर्थात आमाको मुख हेर्ने दिन श्रद्धा र आस्थाका साथ मनाइँदैछ । नेपाली संस्कृतिमा आमाको स्थान अत्यन्त उच्च मानिन्छ — आमा केवल जीवन दिने होइन, संस्कार, माया र जीवन मूल्य सिकाउने प्रथम गुरु हुन्। आजको दिन विशेषगरी आमाप्रति कृतज्ञता प्रकट गर्ने, सेवा र सम्मान व्यक्त गर्ने परम्परा रहेको छ । पौराणिक विश्वास अनुसार, माता तीर्थऔंशीका दिन आमा जीवित रहेमा घरमै सम्मानपूर्वक आमाको मुख हेर्ने चलन छ भने दिवंगत आमाको सम्झनामा गङ्गा, तीर्थ र नदीकिनारमा गई तर्पण तथा पिण्डदान गर्ने परम्परा रहेको छ। विशेषगरी काठमाडौं उपत्यकामा माता तीर्थ स्थानमा गएर दिवंगत आमाको सम्झनामा श्राद्ध गर्ने प्रचलन पुरानो इतिहास बोकेको छ । आजको दिन बिहानैदेखि देशभर मन्दिर, तीर्थस्थल र गङ्गाघाटहरूमा श्रद्धालुको घुइँचो लागेको देखिन्छ । घरघरमा आमा र सन्तानबीच प्रेम र स्नेहको आदानप्रदान भइरहेको छ। कतिपय स्थानमा विशेष पूजापाठ, दान तथा सामूहिक भोजनको समेत आयोजना गरिएको छ । समाजशास्त्रीहरूको भनाइमा, माता तीर्थऔंशीजस्ता चाडहरूले पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने काम गर्छन् । आमा र सन्तानबीचको आत्मीय सम्बन्धलाई सम्झाउने यस्ता परम्पराहरू सामाजिक सद्भाव र नैतिक शिक्षाको स्रोतसमेत हुन् ।आजको दिन, आमाको मुख हेर्न नपाउनेहरूको हृदयमा भावनात्मक सम्झना ताजगीका साथ पलाउँछ भने आमालाई खुशी बनाउन सक्ने सन्तानहरूले आ-आफ्ना आमालाई मिठा परिकार, कपडा, माला तथा अन्य उपहारसमेत प्रदान गरिरहेका छन् ।माताको आशिर्वाद जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने विश्वासका साथ, आज देशभरि ‘आमाको मुख हेर्ने दिन’ले आस्थाको सुगन्ध फैलाइरहेको छ ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *