अर्थ

अछामको साँफे हाटबजारमा भीषण आगलागी, १० वटा पसल पूर्णरूपमा नष्ट

अछामको साँफे हाटबजारमा भीषण आगलागी, १० वटा पसल पूर्णरूपमा नष्ट
  • PublishedApril 26, 2025

अछाम, साँफेबगर — अछाम जिल्लाको साँफेबगर नगरपालिका -३ स्थित साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागी आज बिहान करिब साढे ३ बजे सुरु भएको हो ।

प्रारम्भिक विवरण अनुसार, आगो सुवेच्छा होटलबाट सुरु भएको थियो। विद्युत सर्ट भएर सल्किएको आगोले आसपासका पसलहरूमा तीव्र रूपमा फैलिँदा ठूलो क्षति भएको हो । स्थानीय व्यापारीहरूका अनुसार जलेर नष्ट भएका पसलहरूमा किराना, कपडा, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानका पसलहरू रहेका छन् । आगो नियन्त्रणमा ल्याउन स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

यद्यपि, घटनाको विस्तृत विवरण आउन बाँकी छ । क्षतिको यकिन अनुमान अझै लगाइएको छैन, तर प्रारम्भिक आँकलनअनुसार लाखौं रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । स्थानीय प्रशासनले आगलागीको थप अनुसन्धान भइरहेको जनाएको छ।

[अपडेट जारी छ…]

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *