अन्तर्राष्ट्रिय

विश्व औलो दिवस र अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस आज मनाइँदै

विश्व औलो दिवस र अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस आज मनाइँदै
  • PublishedApril 25, 2025

आज वैशाख १२ गते विश्वभर विश्व औलो दिवस र अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस मनाइँदैछ। विश्व स्वास्थ्य संगठनले औलो उन्मूलनका लागि सबै देशलाई सशक्त कदम चाल्न आह्वान गरेको छ। संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राजनीतिक प्रतिबद्धता, लगानी र समुदायको संलग्नताबाट मात्र औलो उन्मूलन सम्भव हुने बताएका छन्।

यसै दिन, सन् १९४५ मा सान फ्रान्सिस्को सम्मेलन सुरु भएको सम्झनामा अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि मनाइन्छ। सो सम्मेलनबाट संयुक्त राष्ट्रसंघ स्थापनाको आधार तय गरिएको थियो। संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१९ मा २५ अप्रिललाई अन्तर्राष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो।

दुवै दिवसले स्वास्थ्य र अन्तर्राष्ट्रिय सहकार्यप्रति जागरूकता फैलाउने उद्देश्य राख्छन् ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *