विचार

नेकपा नेता शिलुको पुस्तक ‘विचार संश्लेषण’ लोकार्पण

  • PublishedApril 25, 2025

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिती सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीको दोश्रो पुस्तक ‘विचार संश्लेषण’ लोकार्पण भएको छ । काठमाडौँस्थित नेपाल बार एशोसियसनको हलमा नेकपा महासचिव विप्लव सीको बाहुलीबाट लोकार्पण भएको हो ।

जनप्रचार तथा प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको पुस्तकमा नेकपा महासचिव विप्लव सी, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईलेले सुभकामना दिएका छन् भने नेकपा स्थायी समिति सदस्य तथा प्रा.लि.का निर्देशक अनिल सीले भूमिका लेखेका छन् ।

२०८ पृष्ठ रहेको कृतिमा विश्व कम्युनिस्ट आन्दोलन, नेपालको कम्युनिस्ट आन्दोलन, नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिको विचारमाथि विमर्श गरिएको छ । लोकार्पण कार्यक्रममा उपस्थित वक्ताहरुले पुस्तकमा भएको त्रुटीसहित बधाई तथा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा विमर्शकर्ताको सुझावलाई ग्रहण गर्दै नेता शिलुले विश्वमा कम्युनिस्ट आन्दोलनको प्रभाव जनतामा देखिएपनि अन्तिम अवस्थामा आएर धोकाधडीमा टुङ्गिएको बताइन् । उनले नेपालको सन्दर्भमा पनि कुनै फरक नआएकाले समाजवादी लक्ष्यसहितको विचार सश्लेषण आज अनिवार्य भएकाले यो पुस्तकले थप वहसको सिर्जना गरोस् भन्ने उद्देश्यले प्रकाशित गरेको बताइन् ।

आफूले नेपाली समसामयिक राजनीति र विचार सश्लेषणको अपरिहार्यतालाई उजागर गरेको विषयमा केन्द्रित रहेर आफ्नो विचार सुझाव प्रस्तुत गरिदिएकोमा टिप्पणीकारहरुलाई समेत धन्यवाद ब्यक्त गरिन् । पत्रकार शिव डुम्रेद्वारा संचालित कार्यक्रमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपाका स्थायी समिती सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई जनपत्रकार शोभराज बरालले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रमा पुस्तकको बारेमा राजनीतिक विश्लेषक नरेन्द्रजङ पिटर, नेकपा एमालीकी स्थायी समिती सदस्य बिन्दा पाण्डे, नेकपा मासालका नेता मनोज भट्ट, बरिष्ठ साहित्यकार लेखक सौन्दर्य चिन्तक खेम थपलिया लगयतले सुझाव दिएका थिए ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *