XPENG G6 मा रोबर्टो कार्लोसको सवारी: CG मोटर्सको विशेष स्वागत
काठमाडौं, वैशाख ९ — विश्व फुटबलका जीवित किंवदन्तीमध्ये एक, ब्राजिलका पूर्व डिफेन्डर रोबर्टो कार्लोस हाल नेपाल सुपर लिग (NSL) को विशेष अतिथिका रूपमा नेपालमा छन् । नेपालको फुटबलप्रेमी समुदायका लागि यो निकै गर्वको क्षण हो, किनभने रोबर्टो कार्लोसजस्तो विश्वस्तरीय खेलाडीको उपस्थिति NSL को अन्तर्राष्ट्रिय पहिचानमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ ।
उनी नेपालको भ्रमणमा रहेका बेला CG मोटर्स ले उनलाई विशेष सुविधा दिनका लागि कम्पनीको अत्याधुनिक इलेक्ट्रिक कार XPENG G6 प्रदान गरेको छ । यो निर्णय न केवल कार्लोसको सुविधा सुनिश्चित गर्नका लागि गरिएको हो, तर नेपालमा बढ्दो इलेक्ट्रिक वाहन प्रविधि र नवप्रवर्तनको प्रवर्द्धन गर्ने उद्देश्यले पनि गरिएको हो ।
XPENG G6 चीनको अग्रणी EV निर्माता XPENG द्वारा निर्मित अत्याधुनिक स्मार्ट इलेक्ट्रिक SUV हो, जसको आधिकारिक वितरण नेपालमा CG मोटर्सले गर्दै आएको छ। यो गाडीमा आधुनिक डिजाइन, नवीन प्रविधि र उपयोगकर्तामैत्री विशेषताहरूको भरपूर समावेश छ ।
यस गाडीमा १९० kW को पावरफुल मोटर, ८२.७ kWh को ब्याट्री र एकपटक चार्जमा करिब ४३५ किमी सम्मको रेन्ज रहेको छ। साथै, XPENG G6 मा स्मार्ट ड्राइभिङ्ग सिस्टम, AI-सहयोगयुक्त कन्क्टिभिटी, र उच्च स्तरको सुरक्षा प्रविधि पनि छ, जसले यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउँछ ।
CG मोटर्सका प्रतिनिधिले भने, “जसरी रोबर्टो कार्लोस मैदानमा द्रुत, प्रेरणादायी र नवप्रवर्तनशील खेलाडी थिए, XPENG G6 पनि त्यस्तै गुणहरू बोकेको इलेक्ट्रिक गाडी हो । यो केवल गाडी होइन, भविष्यप्रति हाम्रो प्रतिबद्धता हो ।”
NSL को यो संस्करणमा अन्तर्राष्ट्रिय स्तरको अतिथि भित्र्याउनु एक ठूलो उपलब्धि मानिएको छ। रोबर्टो कार्लोस जस्ता महान खेलाडीको उपस्थितिले नेपाली फुटबलप्रति विश्वव्यापी ध्यान आकृष्ट हुनेछ भन्ने अपेक्षा गरिएको छ। उनले नेपालमा विभिन्न फुटबल कार्यक्रमहरूमा सहभागिता जनाउने, युवा खेलाडीहरूसँग अन्तरक्रिया गर्ने र नेपाली फुटबलको समग्र विकासमा सन्देश दिने कार्यक्रम रहेको छ ।
नेपालमा इलेक्ट्रिक गाडीको प्रयोग बढ्दो क्रममा छ। यसै क्रममा XPENG G6 जस्ता स्मार्ट EV गाडीहरू नेपाली बजारमा ल्याउनु CG मोटर्सको रणनीतिक पहल हो । रोबर्टो कार्लोसजस्तो व्यक्तित्वलाई XPENG G6 उपलब्ध गराएर कम्पनीले केवल सुविधा दिएको मात्र होइन, स्मार्ट मोबिलिटी र ग्रीन फ्यूचरप्रति आफ्नो प्रतिबद्धता पनि दर्शाएको छ ।
थप जानकारीका लागि: ९७०७०९४१८५