राजनीति

राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ

  • PublishedApril 20, 2025
logo

राजनीति

राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ

राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ

काठमाडौँ । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबा भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र  ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।  

  उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।  पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । 

सोही अनुसार राप्रपाका कार्यकर्ताहरु बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै  प्रदर्शन गरेका हुन् ।  राप्रपाले तीनकुने घटनाको छानबिन माग,पार्टीका नेताहरुको रिहाइका साथै राजसंस्थाको पक्षमा आइतबार प्रदर्शन आयोजना गरेको हो।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *