तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?
आजदेखि तीन दिनसम्म पानी पर्ने
काठमाडौं, वैशाख ४
-ink-1744194237.jpeg)
देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।
साथै भारतको उत्तरप्रदेश आसपास बनेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ।
त्यसको प्रभावले बिहीबार बिहान कोशी र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिए।
बैतडी, बझाङ र दार्चुलामा पनि हल्का वर्षा भइरहेको उनले बताए।
मौसमविद् पुडासैनीले बिहीबार दिउँसो देशभर वर्षाको सम्भावना रहेको जानकारी दिए।
बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
आजदेखि पानी पर्ने नयाँ प्रणालीको प्रभाव भएका कारण आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिए।
काठमाडौंमा पनि बिहीबार दिउँसो हल्का वर्षाको सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिए।