गभर्नरको बिषयमा कुरा नमिल्दा धर्मराएको सत्ता गठबन्धनको खड्गो तत्काललाई टर्यो

बैशाख ४ काठमाण्डौँ । बैशाख भित्रै ओली सरकार ढल्ने हल्ला शुरु भएपछि एमालेले तत्कालै सचिवालयको बैठक बोलायो । त्यसमा समिक्षा गर्यो ।
काँग्रेसका महामन्त्री गगन थापा शेखर कोईराला सहितले सरकारको कडा आलोचना गरीरहेको र सभापति देउवाले समेत एउटा कार्यक्रममा सरकारले राम्रो काम गर्न नसकेको टिप्पणी गर्नु र प्रचण्डले पछिल्लो समय निशर्त काँग्रेसको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने बताएपछि तरंगित राजनीति अहिले केही शिथिल भएको देखिएको छ ।
खास गरी एमाले र काँग्रेसबीच कुरा नमिलेको मुख्य बिषय राष्ट्र बैंकको गभर्नर कसलाई बनाउने भन्ने थियो , त्यसमा ओली लचक भएपछि केही समयका लागि गठबन्धनको संकट टरेको उच्च स्रोतले जनाएको छ ।
गभर्नरमा देउवाको प्रस्ताव अनुसार अब गुणाकर भट्ट हुने लगभग निश्चित भएको छ ।
यस अघि नेपाल बीमा प्राधिकरणको अध्यक्ष पनि देउवाकै प्रस्तावमा नियुक्त भएका थिए ।
पर्दा पछाडी नै बसेर पनि देउवाले महत्वपूर्ण पदहरु आफ्नो प्रस्ताव अनुसार नियुक्त गराउदै गएपछि उनी पछि हटेको स्रोतको भनाई छ ।
यद्यपि, समग्र संकट भने टरिनसकेको नेताहरुको बुझाई छ ।
गएराति बसेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्री रमेश लेखकले गठबन्धनमा कुनै समस्या नरहेको प्रतिकृया दिएका छन् ।
बैठकका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।