नेकपा नेता खगेन्द्र सी वैवाहिक जीवनमा बाँधिँदै, २५ हजारको ‘प्रेमकोष’ निर्माण

झापा — नेकपा झापा जिल्ला समिति सदस्य खगेन्द्र सी सिटौला वैवाहिक जीवनमा बाँधिनुभएको छ। उहाँको सफल दाम्पत्य यात्राको कामना गर्दै नेकपा झापा जिल्ला समितिले ‘सी’ समुदायको तर्फबाट २५ हजार रुपैयाँको ‘प्रेमकोष’ निर्माण गरी घोषणा गरेको छ।
पार्टीको नीति अनुसार, “सी” जातिमा जन्मेमा ‘जीवन कोष’, विवाह भएमा ‘प्रेमकोष’ र मृत्यु भएमा ‘अक्षय कोष’ निर्माण गरिने प्रचलन रहेको बताउदै नव दाम्पत्यलाई वैवाहिक जीवनको बधाई तथा सफलताको शुभकामना नेकपा प्रदेश इन्चार्ज दिपेश सीले व्यक्त गर्नुभयो।
वैवाहिक समारोहमा पार्टीका जिल्ला इन्चार्ज सुमन सिंह सी, केन्द्रीय सदस्य प्रशान्त सी, अर्जुन सी लगायत अन्य नेताकार्यकर्ता पनि सहभागी थिए। कार्यक्रमबारे जानकारी नेकपा झापा जिल्ला सचिव संजय सीले दिनुभएको हो।