राजनीति

नेकपा झापाको जिल्ला बैठक सम्पन्न, यस्ता छन् आगामी कार्यक्रम

  • PublishedApril 15, 2025

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले पार्टीको जिल्ला बैठकबाट विभिन्न छलफल गर्दै आगामी कार्ययोजनाहरु सार्वजनिक गरेको छ ।

आज झापाको विर्तामोड स्थित पार्टी कार्यालयमा जिल्ला सेक्रेटरी संजय सीको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रम र आउनसक्ने परिस्थितिबारे गहन छलफल गर्दै प्रतिगमनका विरुद्ध डटेर अगाडि बढ्ने निर्णय गरेको छ ।

देश र जनताको अबको एकमात्र विकल्प भनेको समाजवाद मात्रै रहेकाले नेता कार्यकर्ता र आम जनतालाई विचलित नहुन र प्रतिगमनले देश र जनतालाई अझै संकटमा लैजाने जिल्ला इन्चार्ज सुमनसिंह सीले बताएका छन् ।

त्यस्तै जिल्ला बैठकले आगामी दिनहरुमा झापाका सबै पालिकाको सम्मेलन, वडा कमिटी विस्तार, राजनीतिक संघर्ष, उत्पादन, प्रचारप्रसार, मिडिया व्यवस्थापन, जनताका समस्याहरुबारे छलफल तथा निकास दिने लगायतका विषयमा लाग्ने निर्णय गरेको छ ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *