राजनीति

तीनकुने घटनाबारे बोले नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह

  • PublishedApril 13, 2025

काठमाडौं, चैत ३१

पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाबारे मुख खोलेका छन्।

नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आइतबार जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे केही कुरा उल्लेख गरेका छन्।

तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए।

‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ नयाँ वर्षको शुभकामना दिँदै जारी भिडिओ सन्देशमा पूर्वराजा शाहले उल्लेख गरेका छन्।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *