राजनीति

“प्रधानमन्त्री ओलीको नयाँ निर्देशन: धरानका लागि आधुनिक फोहोर व्यवस्थापन प्रणाली र खानेपानी प्रबन्ध प्रक्रिया अघि बढ्यो”

“प्रधानमन्त्री ओलीको नयाँ निर्देशन: धरानका लागि आधुनिक फोहोर व्यवस्थापन प्रणाली र खानेपानी प्रबन्ध प्रक्रिया अघि बढ्यो”
  • PublishedApril 7, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानी र फोहोर व्यवस्थापनका लागि महत्त्वपूर्ण कदम चालेका छन् ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया सुरु भएको र यसका लागि संघीय सरकारले आवश्यक बजेट र सहजीकरणको व्यवस्था गर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, “धरानबासीलाई खानेपानी पिउन दिनुपर्ने हो, र यो प्रक्रिया आजदेखि अघि बढेको छ ।” उनले यसका लागि सङ्घीय सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको र त्यसमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । साथै, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग गर्दै नयाँ ल्याण्डफिलसाइट निर्माण गर्नुपर्ने आवश्यकता जोड दिए ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *