राजनीति

प्रतिगमनविरुद्ध झापामा नेकपाको विशाल प्रदर्शन, राजतन्त्र पुनःस्थापनाको विरोध

प्रतिगमनविरुद्ध झापामा नेकपाको विशाल प्रदर्शन, राजतन्त्र पुनःस्थापनाको विरोध
  • PublishedApril 6, 2025

विर्तामोड झापा – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाले आइतबार विर्तामोडमा राजतन्त्र पुनःस्थापनाको विरुद्धमा विशाल विरोध प्रदर्शन गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले विभिन्न नाराबाजीसहित विरोध र्‍याली निकालेका थिए ।

पश्चिम बस स्टेसनबाट सुरु भएको र्‍याली मुक्ति चोकमा कोणसभामा परिणत भएको थियो। सहभागीहरूले “प्रतिगमन मुर्दावाद”, “समाजवादी व्यवस्था जिन्दावाद”, “विप्लव आउ, देश बचाउ” लगायतका नारा लगाएका थिए।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका झापा जिल्ला इन्चार्ज सुमनसिंह सीले गणतन्त्र समाप्त पार्न खोज्ने अराजक तत्वहरूविरुद्ध जनताले कारबाही गर्ने समय आएको बताए। उनले हालै दुर्गा प्रसाईं लगायतका व्यक्तिहरूले राजतन्त्रको वकालत गर्न थालेको तर त्यसको कुनै औचित्य नभएको उल्लेख गरे ।

उनले गणतन्त्रको सुविधा भोग गरेर गणतन्त्रकै विरोध गर्नेहरूलाई “दलाल र रैती”को संज्ञा दिँदै उनीहरूमाथि कारबाही हुनुपर्ने धारणा राखे। यदि राजतन्त्रवादीहरूले आफ्नो गतिविधि रोक्न सकेनन् भने उनीहरूको “दुखद अन्त्य” हुने चेतावनी पनि उनले दिए।

सुमनसिंह सीले गणतन्त्रको विकल्प खोज्नेहरूले बुझ्नुपर्ने कुरो के हो भने अबको एकमात्र वैकल्पिक मार्ग समाजवाद हो भन्दै नेपाली विशेषताको समाजवादी व्यवस्थाले मात्र देशलाई सही दिशा दिन सक्ने दाबी गरे।

झापा लगायत देशका विभिन्न स्थानमा हालै राजतन्त्र पुनःस्थापनाको पक्षमा कार्यक्रमहरू हुन थालेपछि नेकपाले आक्रोश व्यक्त गर्दै आन्दोलनलाई बलियो बनाउने संकेत गरेको छ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *