प्रतिगमनविरुद्ध भोलि विर्तामोडमा नेकपाको जनप्रदर्शन

झापा,
“यथास्थिति होइन, नेपाली विशेषताको समाजवादको स्थापना गरौं!” भन्ने मूल नारासहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि चैत्र २४ गते झापाको विर्तामोडमा प्रतिगमनविरुद्धको वृहत् जनप्रदर्शन गर्ने भएको छ।
कार्यक्रम विर्तामोडस्थित पश्चिम बस स्टेन्डबाट दिउँसो १२ बजे सुरु हुनेछ। नाराबाजी, जुलुस र विभिन्न प्लेकार्डसहितको प्रदर्शन मुक्तिचोक परिक्रमा गर्दै कोणसभामा परिणत हुने जनाइएको छ।
कोणसभालाई नेकपाका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन सिंह सीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमबारे जानकारी दिँदै नेकपा झापाका सचिव संजय सीले प्रतिगमनविरुद्धको जनप्रदर्शन कार्यक्रममा व्यापक जनसहभागिता रहने बताए ।