विचार

बक्यौता उठाउने प्रयासकै कारण मलाई हटाइयो: कुलमान घिसिङ

बक्यौता उठाउने प्रयासकै कारण मलाई हटाइयो: कुलमान घिसिङ
  • PublishedApril 4, 2025

काठमाडौं, चैत २२ – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो हटाइनुको प्रमुख कारण बक्यौता असुली प्रयास भएको खुलासा गरेका छन् |

घिसिङका अनुसार, उनले ठूला उद्योग, सरकारी संस्थान र प्रभावशाली व्यवसायीहरू सँगको विद्युत बक्यौता उठाउन कडा नीति अपनाएपछि शक्तिशाली समूहहरू असन्तुष्ट भए। “मैले आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न खोज्दा नै मलाई हटाउने खेल सुरु भयो,” उनले भने । उनको नेतृत्वमा प्राधिकरणले ऐतिहासिक रूपमा नाफा कमाएको, विद्युत चोरी नियन्त्रण गरेको र लोडसेडिङ अन्त्य गर्न सफल भएको थियो। तर, बक्यौता उठाउने अभियानले केही प्रभावशाली सर्कललाई असहज बनाएको घिसिङ बताउँछन् ।

जनतालाई गुणस्तरीय सेवा दिन र प्राधिकरणलाई आत्मनिर्भर बनाउन म प्रतिबद्ध थिएँ । तर, केही व्यक्तिहरूलाई यो स्वीकार्य भएन,” उनले थपे।

प्राधिकरण सुधारका यी प्रयासहरू रोक्नु मुलुककै उर्जामूलक विकासमा बाधा हुनसक्ने विज्ञहरू बताउँछन् ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *