नेकपामा नयाँ लहर : माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ नेता-कार्यकर्ताको प्रवेश
ललितपुर – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूको प्रवेश क्रम तीव्र भइरहेको छ । ललितपुरको हरिसिद्धिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेकपा महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य शिलु सी, तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीले अविर र खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले असल मानिसहरू एक हुनुपर्ने बेला आएको बताउँदै नेकपामा नयाँ नेतृत्वको आगमनले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
पार्टी संगठन विस्तारको रणनीति
नेकपाका नेताहरूले हाल देशभर संगठन विस्तारमा ध्यान केन्द्रित गरिरहेका छन्। महासचिव विप्लव सीले यो प्रवेशलाई ऐतिहासिक क्षणको रूपमा व्याख्या गर्दै भने, “माओवादी आन्दोलनको आफ्नै आदर्श छ। हामीले अब नेपालमा नयाँ आशा जगाउनु पर्छ। नेकपा जनताको सशक्त प्रतिनिधि बन्नेछ।”नयाँ प्रवेशले ऊर्जा थपिएको नेताहरूको भनाइ
कार्यक्रममा उपस्थित नेताहरूले नेकपामा प्रवेशले पार्टीलाई थप ऊर्जा मिलेको बताए। नवप्रवेशी दिलिप श्रेष्ठले भने, “हामी परिवर्तनको पक्षमा छौं। नेकपाको राजनीतिक दृष्टिकोणले हामीलाई आकर्षित गरेको छ। अब हामी संगठन विस्तारमा सक्रिय रूपमा लाग्नेछौं।”कार्यक्रमको सञ्चालन समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सीले गरेका थिए ।राजनीतिक ध्रुवीकरण तिव्र
माओवादी केन्द्रबाट नेकपामा प्रवेश गर्ने क्रम बढ्दै गएपछि नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ राजनीतिक ध्रुवीकरण देखा परेको छ। यो प्रवेशसँगै नेकपाले आफ्नो संगठनलाई बलियो बनाउँदै देशव्यापी रूपमा जनताको मुद्दालाई सशक्त रूपमा उठाउने योजना अघि सारेको छ ।