राजनीति

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु, सहमति खोज्ने प्रयास

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु, सहमति खोज्ने प्रयास
  • PublishedApril 3, 2025

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकसँग औपचारिक वार्ता सुरु गरेको छ। शिक्षक महासङ्घको नेतृत्वमा भइरहेका आन्दोलनका कारण विद्यालय शिक्षामा असर परिरहेको भन्दै मन्त्रालयले वार्ताबाट सहमति खोज्ने प्रयास थालेको हो ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले वार्ता सकारात्मक वातावरणमा सुरु भएको र शिक्षक समुदायका मागहरू गम्भीरतापूर्वक सुन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “शिक्षकहरूको चासो गम्भीर विषय हो, वार्ताबाट साझा समाधान निकाल्ने आशा राखेका छौँ,” उनले भने ।

शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन चाँडो पारित गरिनुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेको छ । गृहमन्त्री रमेश लेखकले सरकार सकारात्मक रहेको र शिक्षा विधेयक टुंग्याउने प्रक्रियामा रहेको बताएका छन् ।

यस विषयमा थप छलफलका लागि पुनः अर्को बैठक बस्ने सहमति भएको छ ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *