राजनीति

नेकपाको देशव्यापी प्रदर्शन: झापामा व्यापक तयारी

नेकपाको देशव्यापी प्रदर्शन: झापामा व्यापक तयारी
  • PublishedApril 2, 2025

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले झापा लगायत देशभर बृहत् जनप्रदर्शन गर्ने तयारी गरिरहेको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले विभिन्न संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

चैत्र २४ गते देशभर ७७ वटै जिल्लामा जनप्रदर्शन, चैत्र २७ गते पालिका स्तरमा मसाल जुलुस, र वैशाख ५ गते सम्पूर्ण जिल्लाहरूमा कोणसभा गर्ने कार्यक्रम तय गरिएको छ।

नेकपा झापा समितिले आज बिर्तामोडस्थित पार्टी कार्यालयमा बसेको बैठकमा केन्द्रीय कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा सम्पन्न बैठकले सचिवालय सदस्यहरूलाई विभिन्न जिम्मेवारी तोकेको छ।

सुमनसिंह सी का अनुसार यो प्रदर्शन देशलाई अग्रगमनतर्फ लैजान र प्रतिगमनकारी तत्वहरूको विरुद्ध आयोजित गरिएको हो। साथै, उनले गणतन्त्रबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समाजवाद नै अन्तिम लक्ष्य भएको स्पष्ट पारे। नेकपा झापाले आम जनता, विशेषगरी झापावासीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।

1

  1. ↩︎

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *